
काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालत अवहेलनाको आरोपमा मुद्दा दायर गरिएको छ। सर्वोच्च अदालतमा दर्ता भएको यो मुद्दा दिलबहादुर राईले दायर गरेका हुन्।
राईले त्रिपाठीले टेलिभिजन अन्तर्वार्तामा अदालत र न्यायाधीशहरूको गरिमा विपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन्। उक्त अभिव्यक्तिले न्यायपालिकाको सम्मानमा आँच पुर्याएको भन्दै उनले त्रिपाठीविरुद्ध कारबाहीको माग गरेका छन्।
यस विषयमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइका लागि आइतबारका दिन तोकेको छ। अब प्रारम्भिक सुनुवाइपछि मुद्दा अघि बढ्ने वा खारेज हुनेबारे निर्णय हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे