
काठमाडौं , ३० साउन। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दायर भएको छ। सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।
बेचनलाई आज बयान गराइँदै छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानले उनको संलग्नता रहेको भनिएको थियो। गत असार १४ गते बेचन झालाई प्रहरीले पक्राउ गरेको थियो। उनले नेपाल र भारतको दोहोरो नागरिकता लिएको समेत खुलेको थियो ।
झा बाट मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी मागदावी छ । अनुसन्धानका क्रममा प्रहरी अर्का आरोपी रामशरण केसीले झाको नाममा दिएको दुई करोड रुपैयाँको चेक पनि बरामद गरेको थियो । केसीले बयान दिएअनुसार, मन्त्रिपरिषद्मार्फत केही निर्णय गराउनलाई केसीले त्यो रकम मागेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे