
काठमाडौँ , २४ कात्तिक | तनहुँमा ९ वर्षीय बालकको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कात्तिक २१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा जलेर घाइते भएका थापाको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा गएराति मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे