
काठमाडौँ, १२ बैशाख । काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापितले मनोनयन दर्ता गराएका छन्। सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर मेयरमा मनोनयन दर्ता गराएका हुन्। २०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपटक फेरि मेयरको लागी टिकम दिएको हो ।
स्थापितसँगै एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मनोनयन दर्ता गराएकी हुन्। डंगोल पूर्व मीस नेवा हुन्। यसअघि स्वतन्त्रबाट काठमाडौँको मेयरमा उमेदवारी दिने भन्दै ८ खम्बे विकास मोडल घोषणापत्र समेत सार्वजनिक गरेकी थिइन । पछि एमोलेले डंगोललाई उपमेयरको टिकट दिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे