
नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै दोहोर्याउने भएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।मेयरको टिकट पाएपछि महर्जनले आज दिउँसो जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले नै अगाडि सारेको बताइएको छ ।
अघिल्लो स्थानीय निर्वाचन (२०७४) मा महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे