
काठमाडौं। पूर्वमन्त्री सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी पार्क गरेर सर्वसाधारणलाई दुःख दिने कामलाई राज्यले नै संरक्षण गरेको आरोप लगाएकी छन्। उनले सोमबार फेसबुकमार्फत यस्तो प्रवृत्तिले राज्य र जनताबीचको विश्वास कमजोर बनाइरहेको बताएकी हुन्।
श्रेष्ठका अनुसार नेतृत्व तहमा रहेका व्यक्तिहरूले ‘पाठ सिकाउने’ नाममा फरक विचार राख्नेहरूलाई दबाब दिने र धम्क्याउने शैली अपनाइरहेका छन्, जसले लोकतन्त्र र कानुनी शासनमाथि नै प्रश्न उठाएको छ। उनले सडकको बीचमै गाडी छाड्नेहरू आफूलाई कानुनभन्दा माथि ठानिरहेको टिप्पणी पनि गरेकी छन्।
उनले प्रहरीलाई दोष दिन नहुने भन्दै सुरक्षाकर्मी जनताको सबैभन्दा नजिकको सरकारी निकाय भएको उल्लेख गरिन्। समस्या माथिल्लो तहको नेतृत्व र निर्णय गर्ने व्यक्तिहरूसँग रहेको उनको भनाइ छ। साथै, शान्ति र सुरक्षा बलियो भए मात्रै अर्थतन्त्र र विकास अघि बढ्न सक्ने भएकाले सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनले जोड दिएकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे