
जनकपुर। मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित विवाद समाधान गर्न बनाइएको कार्यदलले आफ्नो प्रतिवेदन पेश गर्नेछ।
प्रदेशसभा सचिवालयका अनुसार कार्यदलको प्रतिवेदनमाथि छलफल भएपछि आगामी वर्षको विनियोजन विधेयकमाथि पनि छलफल सुरु हुनेछ। बजेटमा देखिएका असहमति मिलाउन असार २८ गते प्रदेश सभाले सात सदस्यीय कार्यदल गठन गरेको थियो।
यसअघि मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो। उक्त बजेटमा कृषि, उद्यमशीलता, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ। आजको बैठकबाट बजेटमाथिको छलफलले थप गति लिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे