
काठमाडौं। गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता हुने भएपछि मिटरब्याज पीडितहरूले सञ्चालन गरिरहेको ‘पैदल न्याय मार्च’ बाराको निजगढमा रोकिएको छ।
पीडितहरूले असार २५ गते धनुषाको जनकपुरधामस्थित तिरुतियागाछीबाट न्यायको माग गर्दै काठमाडौंसम्मको पैदल यात्रा सुरु गरेका थिए। सोमबार साँझ उनीहरू बाराको निजगढ पुगेका थिए।
यसबीच गृहमन्त्री गुरुङसँग प्रत्यक्ष छलफल हुने जानकारी प्राप्त भएपछि पीडितहरूले आफ्नो यात्रा अस्थायी रूपमा स्थगित गरेका हुन्। गृहमन्त्री गुरुङ केहीबेरअघि सिमरा विमानस्थलमा अवतरण गरेका छन्।
गृहमन्त्री र आन्दोलनरत पीडितबीचको भेटवार्तामा मिटरब्याजसम्बन्धी समस्या, पीडितका माग तथा त्यसको समाधानका उपायबारे छलफल हुने अपेक्षा गरिएको छ। वार्ताको परिणामअनुसार आन्दोलनको आगामी कार्यक्रम तय गरिने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे