
काठमाण्डौ।दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुँदै आएको प्लाष्टिक बोटल तथा जारमा बिक्री वितरण हुने साधारण प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य सम्बन्धमा संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदन समेतका आधारमा देहाय बमोजिम अधिकतम खुद्रा मूल्य निर्धारण भएको व्यहोरा आम उपभोक्ता, विक्रेता तथा सरोकारवाला सबैलाई जानकारी गराईन्छ ।
१. काठमाडौं उपत्यका भित्रः
१ लिटरको बोटलको पानी
२० लिटरको जारको पानी २. काठमाडौं उपत्यका बाहिरः
१ लिटरको बोटलको पानी २० लिटरको जारको पानी
–
अधिकत्तम खुद्रा मूल्य रु. १६/-
अधिकत्तम खुद्रा मूल्य रु.४७/-
अधिकत्तम खुद्रा मूल्य रु. २०/- अधिकत्तम खुद्रा मूल्य रु. ६०/-
उल्लेखित मूल्य भन्दा वढी रकममा त्यस्तो प्रशोधित पानीको बोटल वा जार विक्री वितरण गरेको पाईएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम सम्बन्धित विक्रेतालाई हदैसम्मको कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ । साथै त्यस्तो मूल्य भन्दा बढी रकम तिरेर पानी खरिद नगर्नुहुन र कहिँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा यस विभाग वा मातहतका कार्यालयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिई उपभोक्ताको हक हित संरक्षणमा योगदान पुयाउनुहुन आम सर्वसाधारण उपभोक्तालाई हार्दिक अनुरोध छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे