• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन

५२ मिनेट अघि
२

कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता

५८ मिनेट अघि
३

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

१ घण्टा अघि
४

पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन

१ घण्टा अघि
५

सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

१ घण्टा अघि
६

नेपाल पुनः ग्रे लिस्टको सूचीमा

१ घण्टा अघि
७

लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

२ घण्टा अघि
८

समूह चरण थप रोमाञ्चक : स्पेनको गोल वर्षा, इरान–बेल्जियम गोलरहित

२ घण्टा अघि
९

एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो

७ घण्टा अघि
१०

‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन

२0 घण्टा अघि
११

रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने

२२ घण्टा अघि
१२

अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र १, आईतबार (३ महिना अघि)

संविधानमा अधिकार, व्यवहारमा अवरोध: गैरआवासीय नेपालीको गुनासो

  • 2,158 Views
  • काठमाडौँ। गैरआवासीय नेपाली नागरिकता प्रभावकारी रूपमा कार्यान्वयन हुने गरी सम्बन्धित कानुन संशोधन गर्न सरोकारवालाले सरकार र संसदसँग माग गरेका छन्। गैरआवासीय नेपाली संघको बाह्रौँ अधिवेशन तथा विश्व सम्मेलनअन्तर्गत आयोजित चौथो सत्रमा वक्ताहरूले संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरे पनि व्यवहारमा गैरआवासीय नेपाली नागरिकता प्रभावकारी रूपमा लागू हुन नसकेको बताएका हुन्। उनीहरूले नागरिकतासम्बन्धी कानुनी गाँठो फुकाउन आगामी संसद र सरकारले प्राथमिकताका साथ ऐन संशोधन गर्नुपर्ने धारणा राखे।

    कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधान निर्माणका क्रममा ठूलो प्रयासपछि गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिने व्यवस्था गरिएको स्मरण गराए। तर नागरिकता ऐन आए पनि अन्य आवश्यक कानुनहरू संशोधन नभएकाले व्यवहारमा ती अधिकार लागू हुन नसकेको उनले बताए। उनका अनुसार संविधानले राजनीतिक अधिकारबाहेक अन्य धेरै अधिकार गैरआवासीय नेपालीलाई दिन सकिने स्पष्ट व्यवस्था गरे पनि कार्यान्वयनमा ढिलाइ भएको छ। कानुन आयोगले यस विषयमा एकीकृत विधेयक तयार गरी सरकारलाई बुझाइसकेको भए पनि त्यसलाई अघि नबढाइएकाले समस्या यथावत् रहेको उनले बताए।

    गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भए पनि व्यवहारमा यसको प्रभावकारी उपयोग हुन नसकेको गुनासो गरे। उनले नागरिकता लिँदा पहिले प्राप्त हुने केही सुविधासमेत कटौती भएको भन्दै प्रश्न उठाए। संविधानमै व्यवस्था भए पनि कार्यान्वयन किन हुन सकेन भन्ने विषयमा राजनीतिक तहबाट स्पष्ट जवाफ आवश्यक रहेको उनको भनाइ थियो। उनले गैरआवासीय नेपालीलाई दिइने अधिकार व्यवहारमा लागू गरिनुपर्ने र मतदान अधिकारको विषयमा समेत गम्भीर छलफल हुनुपर्ने धारणा राखे।

    संघका उपाध्यक्ष रामशरण सिम्खडाले विदेशमा बस्ने नेपालीहरूले भोगिरहेका प्रक्रियागत समस्यातर्फ सरकारको ध्यानाकर्षण गराए। उनले विभिन्न देशमा रहेका नेपाली मूलका समुदायको समस्या नीति स्तरमै सम्बोधन गर्नुपर्ने बताए। पिपुल नेप्लिज ओरिजिनका महासचिव गोपाल धितालले विभिन्न कालखण्डमा विदेश गएका नेपाली मूलका समुदायहरूले आफ्नो पहिचान र सम्बन्ध नेपालसँग जोड्न खोजिरहेको बताए। म्यानमार, थाइल्याण्ड, मलेसिया र फिजीलगायत देशमा रहेका नेपाली मूलका समुदायले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा मातृभूमिसँग सम्बन्ध विस्तार गर्न चाहेको उनले बताए।

    ब्रिटिस गोर्खा नागरिकता अभियानका महासचिव होम किरात सुनुवारले दुई सय वर्षदेखि गोर्खा समुदाय अधिकारको संघर्षमा रहेको बताए। उनले गोर्खा सैनिकले विश्वका विभिन्न स्थानमा शान्ति र सुरक्षाका लागि योगदान दिए पनि उनीहरूको अधिकार अझै पूर्ण रूपमा सुनिश्चित नभएको गुनासो गरे।

    परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले विदेशमा रहेका नेपालीहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको बताए। पश्चिम एसियामा बढ्दो तनावका कारण ठूलो संख्यामा रहेका नेपाली श्रमिक जोखिममा रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र उद्धारका लागि आवश्यक संयन्त्र सक्रिय गरिएको जानकारी दिए।

    विभिन्न वक्ताहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको अधिकार, सुरक्षा तथा पुनर्स्थापनासम्बन्धी नीति सुधार आवश्यक रहेको बताएका छन्। वैदेशिक रोजगारीबाट फर्केका नेपालीको सीप, अनुभव र पूँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने स्पष्ट नीति बनाउनुपर्ने सुझाव पनि कार्यक्रममा उठाइएको थियो।

    कार्यक्रमको अन्त्यमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकालले कार्यक्रममा उठेका सबै विषय गम्भीर रूपमा नोट गरिएको र आगामी नीति तथा कार्यक्रम निर्माणमा समेट्न पहल गरिने प्रतिबद्धता जनाए। उनले गैरआवासीय नेपाली समुदायसँग सहकार्य गर्दै देशको विकास र समृद्धिमा उनीहरूको सहभागिता बढाउने अपेक्षा पनि व्यक्त गरे।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन
    ५२ मिनेट अघि

  • २

    कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता
    ५८ मिनेट अघि

  • ३

    वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ
    १ घण्टा अघि

  • ४

    पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन
    १ घण्टा अघि

  • ५

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा
    १ घण्टा अघि

  • ६

    नेपाल पुनः ग्रे लिस्टको सूचीमा
    १ घण्टा अघि

  • ७

    लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
    २ घण्टा अघि

  • ८

    समूह चरण थप रोमाञ्चक : स्पेनको गोल वर्षा, इरान–बेल्जियम गोलरहित
    २ घण्टा अघि

  • ९

    एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो
    ७ घण्टा अघि

  • १०

    ‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    २

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ३

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    ४

    भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

    नेपाल नक्सा
    ५

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ६

    प्रतिनिधि सभाको बैठक बस्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution