
काठमाडौँ, १६ वैशाख — देशभरको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ। यसका कारण सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य अधिकांश भूभागमा सामान्य बदलीको अवस्था छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा अन्य प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे