
काठमाडौँ, वैशाख ८ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले एशिया तथा प्रशान्त क्षेत्रसहित विश्वभर गम्भीर समस्या उत्पन्न गरिरहेको बताउनुभएको छ। थाइल्याण्डको बैंककमा सुरु भएको संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग ९ग्ल्भ्क्ऋब्ए० को ८१औँ सत्रको अध्यक्षता गर्दै उनले सहनशील र दिगो सहरी विकासमा जोड दिइन।
उनले सहरी क्षेत्रहरू विकास र नवप्रवर्तनका केन्द्र भए पनि योजनाविहीन सहरीकरणले वातावरणीय, सामाजिक र आर्थिक समस्याहरू निम्त्याइरहेको स्पष्ट पार्नुभयो। यसका समाधानका लागि समावेशी र हरित सहरहरूमा लगानी गर्नुपर्ने, सहरहरूबीचको सहकार्य मजबुत बनाउनु पर्ने र जनसांख्यिक रूपान्तरणका लागि सशक्त योजना आवश्यक रहेको उनको भनाइ थियो।
डिजिटल डिभाइडका कारण सहरी र ग्रामीण क्षेत्रबीच असमानता बढेको उल्लेख गर्दै उनले यसको सम्बोधनमा जोड दिइन्। साथै, जलवायु परिवर्तनको प्रभाव विशेषगरी हिमालय क्षेत्रमा गम्भीर देखिएकाले सहनशीलता र पूर्व सूचना प्रणालीमा लगानी गर्नुपर्ने बताइन् ।
मन्त्री राणाले मे महिनामा नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’मार्फत जलवायु चुनौतीको समाधानमा सहयोग पुर्याउने जानकारी दिइन् । क्षेत्रीय एकता र सहकार्यबिना यस्ता चुनौती समाधान असम्भव रहेको भन्दै उनले समावेशी विकास र संयुक्त राष्ट्रसंघका मूल्यप्रति नेपाल सधैं प्रतिबद्ध रहेको बताइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे