
काठमाडौं, ३ चैत । संसद बैठकमा सांसदहरूले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिने सरकारको निर्णयको तीव्र विरोध गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले यसबारे सरकारको स्पष्ट जवाफ मागेका छन् । अर्थतन्त्र कमजोर र जनताले आवश्यकतम सुविधासमेत नपाएको अवस्थामा पूर्वविशिष्टलाई सुविधा दिनु गलत हुने सांसदहरूको भनाइ छ ।
कांग्रेस सांसद रामकृष्ण यादवले सरकारको निर्णयका बारेमा जवाफ माग्दै भने, पूर्वविशिष्टलाई सेवा सुविधा दिन लागिएको कुरा सही हो कि होइन, सरकारको स्पष्टता आवश्यक छ। नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डे र देवेन्द्र पौडेलले पनि भ्रष्टाचारको सूचकांक सुधार नभएको बेला यस्तो निर्णय लिने कुरा विरोध गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पूर्वविशिष्टको सेवासुविधासम्बन्धी विधेयक ल्याउनु हुँदैन भन्दै सरकारलाई चेतावनी दिए । उनले राजनीति सेवा भएकाले यसलाई सरकारी जागिरको पेन्सन जस्तो बनाउन नहुने र वर्तमान सांसद र पदाधिकारीको सुविधासमेत घटाउन सुझाव दिए । ज्वालाले भने, पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विधेयक रोक्नुपर्छ र मन्त्री परिषद्ले निर्णय गरेर दिएको सुविधा पनि अन्त्य गरिनुपर्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे