
काठमाडौँ , ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद असिम साहले सेन्सर बोर्डका सदस्यहरुको योग्यतामाथि प्रश्न उठाउँदै राजनीतिक नियुक्ति पाएकाहरुलाई पदमुक्त गर्न माग गरेका छन्। आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न आग्रह गरे ।
उनले भने,‘चलचित्र समाजको ऐना हो । त्यही समाजका कुरा चलचित्रमा व्यक्त गर्न सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरिरहेको छ । सेन्सरबोडमा राजनीतिक नियुक्ति पाएका सबै ननसेन्सरसदस्यहरुलाई पदमुक्त गरि चलचित्र बुझेका मान्छेलाई नियुक्त गर्न म सरकारसँग माग गर्दछु । र यसरि यसरि फिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला होस् गर्न आग्रह गर्दछु ।’
चलचित्रकर्मीले अघि बढाउन खोजेको सेन्सरसिपको आन्दोलनमा आफूले ऐक्यबद्धता जनाउने पनि उनले बताए । राजनीतिक नियुक्ति पाएका सबै सेन्सर बोर्डका ‘ननसेन्सर’ सदस्यलाई हटाएर कला बुझेको मान्छे नियुक्त गर्न उनले ध्यानाकर्षण गराए । सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले बोलेको भाषणको दृश्य चलचित्र राजागञ्जमा समेटेकोमा आपत्ति जनाउँदै बोर्डले प्रदर्शन अनुमति रोकेको थियो । पछि उक्त अभिव्यक्ति काटेपछि प्रदर्शनको लागि अनुमति दिइएको थियो । रिलिजको मुखमा फिल्ममा अनावश्यक काँटछाँट गर्ने प्रवृत्ति को उनले विरोध समेत गरेका छन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे