
काठमाडौं, चैत २ । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा मर्मत सम्भारका कारण बिजुली कटौती हुने जनाएको छ। प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनहरूमा आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ। उक्त कटौती कन्डक्टर अपग्रेडिङका लागि हुनेछ। सोही वितरण केन्द्रका सतुङ्गल फिडरअन्तर्गत कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक लगायतका स्थानमा पनि यही समयसीमामा बिजुली काटिनेछ।
जोरपाटी वितरण केन्द्रका डाँछी फिडरमा पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी लगायतका स्थानमा पनि आज बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म बिजुली कटौती हुनेछ। यसका साथै, मुलपानी फिडरका स्थानहरूमा पनि आज १० बजेदेखि १ बजेसम्म बिजुली काटिनेछ। साँखु फिडरअन्तर्गतका विभिन्न स्थानहरूमा पनि बिजुली कटौती हुने जनाइएको छ।
प्राधिकरणले तोकिएको कार्य समय अगावै सम्पन्न गरिएमा लाइन पुनः सञ्चालन हुने उल्लेख गरेको छ र ग्राहकवर्गमा भएको असुविधाका लागि क्षमापना माग गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे