
काठमाडौँ , २८ फागुन । चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । गएराति चन्द्रागिरि नगरपालिका–७ घर भएका ३५ वर्षीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नै शरीरमा आगो लगाएका हुन् । उनलाई परिवारका सदस्य र स्थानीयले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएका छन् । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर तत्कालै उनलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको छ ।
उनको हात र अनुहार जलेको छ, तर उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी जनाएको छ । कार्कीले फेसबुक लाइभमा मानसिक तनाव भोग्नुपरेको, स्थानीय एक युवतीका कारण हिरासत बस्नुपरेको, पारिवारिक सम्बन्ध विथोलिएको र आफ्ना कान नसुन्ने बुवा तथा आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए । उनले भनेका छन्, ‘मलाई पटक–पटक दबाब दिइएको छ, मेरो कुरा कुनै पनि निकायले सुनेनन् ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे