
काठमाडौँ , २८ फागुन । हाल देशमा पश्चिमी वायूको प्रभावसँगै स्थानीय वायूले पनि मौसममा आंशिक असर पुर्याइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, आज दिउँसोको समयसम्म कोशी प्रदेश र देशका अन्य पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहन सक्छ, भने बाँकी भू–भागमा मौसम सफा रहने अपेक्षा गरिएको छ। उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा पनि हुनसक्ने अनुमान गरिएको छ।
आज राति पनि मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएका छन्। उच्च पहाडी र हिमाली भू–भागका स्थानहरूमा हिमपात र पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाका कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे