
कटारी । कटारी नगरपालिका वडा नं. ५ को नव निर्मित वडा कार्यालय भवन औपचारिक रूपमा उद्घाटन भई सेवा प्रवाह सुरु गरिएको छ। उद्घाटन समारोहमा वडा अध्यक्ष, मोहन बहादुर तामाङ्ग स्थानीय प्रतिनिधिहरू, नागरिक समाजका सदस्यहरू तथा विभिन्न सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।
उद्घाटनपछि नव निर्मित भवनबाट वडास्तरीय सेवाहरूलाई थप प्रभावकारी र सुविधाजनक बनाउने अपेक्षा गरिएको छ। सो भवनमा आवश्यक सम्पूर्ण प्रशासनिक संरचना तथा जनसुविधा समावेश गरिएकाले स्थानीय समुदायलाई सहज र गुणस्तरीय सेवा प्राप्त हुने विश्वास गरिएको छ।
वडा कार्यालय भवनको निर्माणमा योगदान गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे