
काठमाडौँ , २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का अध्यक्ष रवि लामिछाने आज आइतबार कास्की जिल्ला अदालतमा तारिख बुझ्न उपस्थित हुँदैछन्। काठमाडौंबाट बुद्ध एअरको जहाजमार्फत पोखरा जाँदै गरेका लामिछाने ८४ दिन कास्की प्रहरीको हिरासतमा बसेका थिए ।
उनका सचिवालय स्रोतका अनुसार, पोखराबाट उनी सिधै रुपन्देही जानेछन्, जहाँ सोमबार पनि तारिख रहेको छ। लामिछाने पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका थिए। उनीसँग सम्बन्धित विभिन्न ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ, र आजको उपस्थितिमा अदालतले थप प्रक्रिया अघि बढाउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे