
चितवन , २५ फागुन । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको छ। खैरहनी नगरपालिका घर भएका महतो हाल रत्ननगर नगरपालिका–७ मा बस्दै थिए।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार, शनिबार रत्ननगर–७ स्थित चितवन एडभेन्चर होटलको पछाडि महतोलाई जङ्गली हात्ती गोविन्देले आक्रमण गरेको थियो, जसबाट उनको घटनास्थलमै मृत्यु भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे