
काठमाडौँ, फागुन २४ । नेपाल-चीन सीमा क्षेत्रको तिब्बतस्थित सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का काठमाडौंसहितका विभिन्न जिल्लामा महसुस भएको छ। २ बजेर ३५ मिनेटमा भूकम्पको झटका आएको हो।
यसअघि, आजै बिहान म्याग्दी र बागलुङमा पनि भूकम्पका धक्काहरू अनुभव गरिएको थियो। शनिबार बिहान ३: १४ बजे म्याग्दीको मुरी केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । बिहान ६:२० बजे बागलुङको खुखानी केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो । यस घटनाबाट कुनै ठूलो क्षतिको खबर प्राप्त भएको छैन, तर स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे