
काठमाडौँ , २३ फागुन । जनकपुरधामस्थित प्रादेशिक अस्पताल अगाडि रहेको न्यू जनकपुर गेस्ट हाउसमा एक जना पुरुष मृत फेला परेका छन्। बिहीबार बेलुकी, उक्त गेस्ट हाउसको कोठा नम्बर ३०१ मा अन्दाजी ४० वर्षीय पुरुषको शव ओछ्यानमा फेला परेको हो। मृतक महोत्तरीको बनौली ४ का विनोद चौधरीका छोरा सागरकान्त चौधरी रहेको बताइएको छ।
होटल संचालकले मृतकको बारेमा जानकारी दिएका पछि, जिल्ला प्रहरी कार्यालय धनुषाका अधिकारी होटलमा पुगेर घटनाको अनुसन्धान थाले। मृतकका आफन्त रातभरि पनि घटनास्थलमा पुग्न नसक्दा शव होटलको बेडमा राखिएको थियो। डिएसपी बरुण बहादुर सिंहका अनुसार, आफन्तको उपस्थितिपछि शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि पठाइने छ। पोस्टमार्टम आज गरिने र अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे