
काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। वर्तमानमा पहाडी भू-भागमा आंशिक बदली रहेका छन् भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानहरूमा हल्का हुस्सु लागेको छ।
आज दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राति पनि पहाडी भू-भागमा आंशिक बदली रहिरहनेछ र बाँकी क्षेत्रहरूमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
तराईका केही स्थानमा बिहान हल्का हुस्सु लाग्न सक्ने भएकाले यसले दैनिक जीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्छ। यसकारण, महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे