
काठमाडौँ, फागुन २१। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिएको विषयमा आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले घिसिङको बारम्बार स्पष्टीकरण सोधिने विषयमा सरकारको ध्यानाकर्षण गराए। पाण्डेले घिसिङले प्राधिकरणलाई नाफा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारको आलोचना गरे।
उनले भने, “जसले सधैँ रकम उठाउने काम गरेको छ, त्यसको प्रक्रियामा बारम्बार रोकावटहरू आइरहेका छन्। सरकारले यस्तो नगर्नुहोस्। हामी यसमा सरकारलाई रुलिङ गर्न अनुरोध गर्दछौँ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे