
काठमाडौँ, फागुन २१। प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा हिटलरसँग तुलना गर्दै प्रश्न सोधेका पत्रकारको पास निलम्बन गरिएको छ।
सचिवालयले प्रधानमन्त्री ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै ती पत्रकारहरूको पास एक महिनाका लागि निलम्बन गरेको हो।
पत्रकारहरूले गत फागुन ४ गते प्रधानमन्त्री ओलीलाई उक्त प्रश्न सोधेका थिए। संघीय संसद भवन प्रवेशका लागि पास प्रदान गर्ने सचिवालयले ती पत्रकारहरूलाई बुधबारसम्म पास फिर्ता गर्ने निर्देशन दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे