
काठमाडौं, साउन १२ । सुन्दर सेन नदीमा डुंगामा परेड गर्दै र पुरानो परम्पराबाट पछि हट्दै ३३औँ ओलम्पिक खेलकुद पेरिसमा भव्य उद्घाटन भएको छ ।
उद्घाटन समारोहमा शुक्रबार फ्रान्सले आफ्नो सांस्कृतिक विविधता, क्रान्तिको इतिहास र भव्य वास्तुकलाको सम्पदा विश्वसामु प्रस्तुत गर्यो । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन भयो ।
उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागि भएका थिए । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका प्रमुख थोमस बाख एक साथ थिए । नेपाली समय अनुसार शुक्रबार राति पौने १२ बजे सुरु भएको उद्घाटन समारोहमा नेपाली टोली १३१ औं स्थानमा रहेको थियो ।
नेपालका टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठले राष्ट्रिय झन्डा फर्फराएका थिए ।११ अगस्टमा बन्द हुने खेलहरूमा १०,५०० भन्दा बढी खेलाडीहरूले ३२ खेलहरूमा प्रतिस्पर्धा गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे