
काठमाडौं, २३ पौष नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा एएनएस क्रियसनका सुदीप थापा निर्विरोध निर्वाचित भएका छन् । २४औं साधारण सभाले थापाको नेतृत्वमा आनको नयाँ कार्यसमिचि निर्वाचित गरेको हो ।
प्रथम उपाध्यक्षमा आउटरिच नेपालका उजय शाक्य र द्वितीय उपाध्यक्षमा प्रिज्मार्क मार्केटिङका पंकजलाल प्रधान निर्विरोध भए ।
महासचिवमा फ्युचर हब मिडिया मल्टिपर्पोजका कृष्णप्रसाद घिमिरे, सचिवमा पब्लिक एडभरटाइजिङका सन्तोष खड्का र सहकोषाध्यक्षमा मिडिया टाइम्सका अरुणकाजी स्थापित निर्विरोध भए ।
कोषाध्यक्षमा जोइन मिडियाका साजन श्रेष्ठ चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा बिजनेश युनिटका रोशन रेग्मी ‘आरसी’ ले सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन् । उनले ६१ मत प्राप्त गरे । त्यस्तै कार्यसमितिमा एड फ्याक्टरका सन्तोष सिलवाल गिरी, रेड पाण्डा एड लिंकका दिपेन्द्र पौडेल, मेक वेजका विधान राजभण्डारी, रेडियो लिंकका रोशन पौडेल, मार्सका मनिष अधिकारी, र भोग एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रभात रिमाल निर्वाचित भएका छन् । संघका पदाधिकारी तथा सदस्यहरुले आइतबार नै शपथ ग्रहण गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे