
काठमाडौँ, १५ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले ठुला–ठुला भेटला तथा प्रकरणमा सरकारको जवाफ माग गरेको छ । वाग्लेले देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ गर्नै भन्दै देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको जानकारी दिएको छ ।
उनले ठुला–ठुला घोटला तथा प्रकरणहरुको सुची बताउँदै पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्नै जानकारी दिए ।
बाग्लेले भनेका छन् :
**जवाफ चाहियो सरकार**
• नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने?
• ललिता निवास काण्डमा दोषी उम्काउने?
• सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ?
• एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने?
• टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने?
• वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?
• नारायणघाट -बुटवल, मुग्लिन- पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?
• प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ?
यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन। हुँदा हुँदा.. पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने?
देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ। पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ।
रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ, हुन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे