• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ४, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी

१५ घण्टा अघि
२

२०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल

१६ घण्टा अघि
३

अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट

१६ घण्टा अघि
४

जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था

१६ घण्टा अघि
५

अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

१७ घण्टा अघि
६

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल

१७ घण्टा अघि
७

उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

१ दिन अघि
८

झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग

१ दिन अघि
९

उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

१ दिन अघि
१०

महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी

१ दिन अघि
११

ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

१ दिन अघि
१२

नेपाल टेलिकमको सहप्रवक्ता पदमा प्रक्षेप थापा क्षेत्री नियुक्त

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० पौष १२, बिहिबार (१ साल अघि)

उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन : स्टार्टअप बिजनेसलाई प्राथमिकता दिर्नुहोस्

  • 2,544 Views
  • काठमाडौँ, १२ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन्।

    बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
    नवप्रवर्तनशील सोच र जोश भएका नवयुवाहरूमा उद्यमशीलता प्रवर्धन गर्न विजनेस इन्कवेसन सेन्टरको माध्यमबाट सातै प्रदेशकेन्द्रित व्यवसाय प्रवर्द्धन अभियान सञ्चालन गर्न पनि प्रधानमन्त्रीले मन्त्रालयलाई निर्देशन दिएका छन्।

    ‘नवप्रवर्तनशील सोच र जोश भएका नवयुवाहरूमा उद्यमशीलता प्रवर्धन गर्न बिजनेस इन्कवेसन सेन्टरको माध्यमबाट सातै प्रदेश केन्द्रित व्यवसाय प्रवर्धन अभियान सञ्चालन गर्ने तयारी गर्नुहोला । स्टार्टअप फन्डको समेत परिचालन गरी बर्सेनि कम्तीमा २० हजार युवाहरूको नवीनतम साेंचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, स्टार्टअप र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि ‘जब मिटर’ को व्यवस्था गर्न विशेष योजना तयार गर्नुहोला’, प्रधानमन्त्रीको निर्देशन छ ।

    प्रधानमन्त्रीले नेपाल सरकारका कूटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवर्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्न निर्देशन दिए । बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग तथा वाणिज्य प्रवर्धनका लागि विनियोजित रकम थोरै हुँदा निर्धारित कार्यक्रम सञ्चालन गर्न बाधा पुगेको भन्दै त्यसका लागि सरकारकै तर्फबाट एकीकृत समाधान खोजिनुपर्ने बताए ।

    बैठकमा नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधनमा समेटिएका विषयहरू कार्य योजना बनाएर कार्यान्वयनमा जान निर्देशन दिँदै अब उप्रान्त मन्त्रालयगत आँकडाका आधारमा मूल्याङ्कन हुने बताए । बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले मन्त्रालयको अवस्था, प्रगतिको स्थिति, चुनौती र आगामी कार्यक्रमको प्रस्तुति राखेका थिए ।

    प्रस्तुति राख्दै सचिव दुवाडीले नयाँ नीति, योजना, कार्यक्रम र बजेटबिच तादाम्यता आवश्यक रहेको, अन्तर निकाय समन्वय प्रभावकारी नहुँदा नीतिमा एकीकरण र कार्यक्रम छरिएको अवस्था रहेको बताउँदै उद्यमशीलता प्रवर्धन, लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास, कर्मचारीको क्षमता अभिवृद्धि र नवप्रतर्वनमुखी कार्यक्रममा मन्त्रालय केन्द्रित भएको बताए ।

    छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, सदस्य डा.रामकुमार फुयाँल, अर्थ सचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल लगायतले विषय केन्द्रित धारणा राखेका थिए ।

    यस्ता छन् प्रधानमन्त्रीका निर्देशन

    १. ‘उत्पादन र व्यापार सबै क्षेत्रगत विकासको दिगो आधार’ भन्ने मूल आधारलाई कार्यान्वयन गर्न वाणिज्य नीति, व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य योजना र राष्ट्रिय व्यापार एकीकृत रणनीति कार्यान्वयन गर्न क्षेत्रगत समन्वय र सहकार्यको ठोस कार्य ढाँचा तयार गर्नुहोला ।

    २. नवप्रवर्तनशील सोच र जोश भएका नवयुवाहरूमा उद्यमशीलता प्रवर्धन गर्न बिजनेस इन्कवेसन सेन्टरको माध्यमबाट सातै प्रदेश केन्द्रित व्यवसाय प्रवर्धन अभियान सञ्चालन गर्ने तयारी गर्नुहोला । स्टार्टअप फन्डको समेत परिचालन गरी बर्सेनि कम्तीमा २० हजार युवाहरूको नवीनतम सोचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, स्टार्टअप र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि ‘जब मिटर’ को व्यवस्था गर्न विशेष योजना तयार गर्नुहोला ।

    ३.अनधिकृत व्यापार नियन्त्रण गरी स्वदेशी उद्यम र व्यापारको प्रवर्धन गर्न सम्बन्धित क्षेत्रका निकायको समन्वयमा रणनीतिक नियन्त्रण कार्यदल परिचालन गर्न कार्य योजना तयार गर्नुहोला ।

    ४.लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरू सञ्चालन खारेजी एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गर्ने प्रक्रिया अगाडि बढाउनुहोला ।

    ५.प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा औद्योगिक पूर्वाधार विकास सहजीकरण डेस्क स्थापना गरी सबै क्षेत्रगत निकायको समन्वय सुनिश्चित गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको समन्वयमा तयार गर्नुहोला ।

    ६.प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका सम्बन्धी अन्य क्षेत्रगत कार्यक्रमसँग तादाम्यता हुने गरी पुनर्संरचना गर्न र मेक इन नेपाल र मेड इन नेपाल कार्यक्रमको अवधारणा र कार्यान्वयन ढाँचा परिमार्जन गरी कार्यान्वयन गर्न प्राथमिकताका साथ काम गर्नुहोला ।

    ७. बजार अनुगमनलाई नियमित र थप प्रभावकारी तुल्याउन सबै विषयगत निकायको प्रतिनिधित्वसहितको एकीकृत एवं विशिष्टिकृत बजार अनुगमन निर्देशनालय गठन गरी परिचालन गर्नुपर्ने आवश्यकता छ । यस विषयमा मन्त्रालयले आवश्यक अध्ययन कार्य अगाडि बढाउने नै छ ।

    ८.उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा स्थानीय तह, प्रदेश र सङ्घ सरकारको कार्यक्षेत्र र भूमिकालाई थप प्रस्ट पार्दै कानुनी कार्यक्रमगत र क्रियाकलाप तहमा नै सामञ्जस्ययता मिलाउनुपर्ने आवश्यकता छ । वाणिज्य कूटनीतिको प्रभावकारी उपयोग गरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्धनमा राष्ट्रिय क्षमता विकास गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एक वाणिज्य कूटनीतिक सेल गठन गर्ने विषयलाई प्राथमिकताका साथ लिनुहोला ।

    ९.नेपाली उत्पादक तथा निर्यातकर्ताहरूले भोग्नुपरेका व्यापार सम्बन्धित समस्या र वाधाहरू हटाई व्यापार सहजीकरण गर्न अन्तर निकाय सम्मिलित राष्ट्रिय व्यापार सहजीकरण समिति सम्बन्धी निर्देशिका तर्जुमा गर्ने कार्य प्राथमिकताका साथ लिनुहोला ।

    १०. एउटा उद्योग दर्ता गर्दा पनि प्रक्रियागत कारणले महिनौँ लाग्ने अवस्था छ । प्रक्रियागत झन्झटका कारण लगानीमैत्री वातावरणमा असर गरिरहेको छ । कम्पनी दर्तासम्बन्धी कानुनी सुधार गर्नुपर्नेछ । हामीसँग अहिले एकै स्थानमा उद्योग दर्ता सम्बन्धी प्रक्रिया एकै स्थानबाट सेवा दिनका लागि कानुनी रूपमा एकल बिन्दु सेवा केन्द्र पनि रहेको छ । तर, अधिकार प्रत्यायोजन लगायत कानुनी संरचना नहुँदा यसको प्रभावकारी उपादेयता रहेको देखिँदैन । अब यसमा कानुनी र संरचनात्मक रूपान्तरण गरी प्रभावकारी बनाउनुपर्नेछ । कर्मचारीलाई आवश्यक अधिकार प्रत्यायोजन गरी सशक्त निकायको रूपमा विकास गर्नुपर्नेछ ।

    यसका साथै नयाँ उद्योग दर्ता, नवीकरण व्यवसाय दर्ता तथा जनशक्तिको भिसा लगायत व्यवस्थापनका लागि १ हप्ताभित्रमा काम सक्ने कानुन तर्जुमा र उद्योग व्यवसाय दर्ताका लागि सुरुकै बिन्दुबाट सबै प्रकारका स्वीकृतिहरू उपलब्ध हुने कुराको सुनिश्चित गर्न टाइम कार्डको व्यवस्था गर्ने विषयसमेतको कार्यान्वयनका लागि विशेष कार्य योजना तयार गर्नुहोला ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी
    १५ घण्टा अघि

  • २

    २०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल
    १६ घण्टा अघि

  • ३

    अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट
    १६ घण्टा अघि

  • ४

    जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था
    १६ घण्टा अघि

  • ५

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन
    १७ घण्टा अघि

  • ६

    एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल
    १७ घण्टा अघि

  • ७

    उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश
    १ दिन अघि

  • ८

    झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग
    १ दिन अघि

  • ९

    उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी
    १ दिन अघि

  • १०

    महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

    नेपाल नक्सा
    २

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    ३

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

    नेपाल नक्सा
    ४

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित

    नेपाल नक्सा
    ५

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    नेपाल नक्सा
    ६

    एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution