
काठमाडौँ, भदौ २५ । बेलायत अध्यनार्थ जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी Real Dreams Educational Consultancy ले यसै साता Study in UK Information Session को आयोजना गरेको छ।
University for the Creative Arts का प्रतिनिधिहरूको उपस्थितीमा पुतलीसडकमा अवस्थित आफ्नै कार्यालयमा उक्त इन्फर्मेसन सेसनको आयोजना गरिएको हो।
इन्फर्मेसन सेसनमा बिध्यार्थीहरूलाई युनिभर्सिटीका फ्याकल्टी Neil Bottle र प्रोफेसर Cindy Millman ले संयुक्त रूपमा बिध्यार्थीहरूलाई युनिभर्सिटीमा अध्ययन हुने बिषय, लागत, न्युनतम योग्यता र बेलायती डिग्रीको अवसरका बारेमा जानकारी गराउनु भएको थियो।
रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले बिषेशत बेलायतका उत्कृष्ट युनिभर्सिटीहरु को बारेमा विद्यार्थीहरुलाई सत्यतथ्य जानकारी प्रदान गरिरहेको छ।
बेलायत गयर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श, भर्ना प्रक्रिया र युनिभर्सिटी छनौट गर्ने बिषयमा रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सी नेपाली विद्यार्थी र अभिभावकको लागि लोकप्रिय बन्दै गरिरहेको छ।
संस्थाका सिइओ बेलायतमै रहेर बिध्यार्थीहरूलाई सेवा प्रदान गर्ने हुँदा बिध्यार्थीहरूले नेपालमा र बेलायत दुवै तर्फ रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीको सहयोग प्राप्त गर्न सकिने रीयल ड्रीम्सले जानकारी गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे