
काठमाडौं , भदौ १८ ।इम्पाओरिंग द फ्युुचर भन्ने मुल नाराका साथ एल सिसीआई ग्लोबल क्वालिफिकेसन्सले भोकेस्नल इजुकेसन एण्ड इट्स फयुचर विषयक अन्तरक्रिया कार्यक्रमको साथै अवार्ड सेरेमोनि सम्पन्न गरेको छ ।
उत्त कार्यक्रममा ब्रिटीस एम्बेस्डर रोब फिन, ललितपुर महानगरपालीकाका मेयर चिरिबाबु महर्जन, स्कर्टटीस क्वालिफिकेसन अथोरेटीकी इन्टरनेसनल रिजनल म्यानेजर साउथ एसिया, मार्गरेट क्युरेन, लक्ष्मि बैंकका अध्यक्ष राजेन्द्र कुमार खेतान, होटल एसोसियसन नेपाल हान का अध्यक्ष बिनाएक साह लगाएतक विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै नेपालमा प्राविधीक शिक्षा र सिपको महत्व र आवश्यकताको बारेमा प्रकास पार्दै अन्तराष्ट्रीय प्राविधीक शिक्षा र सिपको तुलानात्मक प्रस्तुती दिदै एल सिसीआई ग्लोबल क्वालिफिकेसन्सका को फाउन्डर रोसन राठीले आफनो प्रस्तुती दिनु भएको थियो ।
त्यस्तै ब्रिटीस एम्बेस्डर रोब फिनले एलसिसिआइ ग्लोबल क्यालीफिकेसनले र स्कर्टीस क्वालिफिकेसन अथोरेटीले नेपालको भोकेस्नल एजुकेसनमा पुराएको योगदानको उच्च कदर गर्दै , यसले आर्थीक उन्नतीमा समेत टेवा पुराउन सक्ने विश्वास व्यक्त गर्दै सिसीआई ग्लोबल क्वालिफिकेसन्सलाई शुभकामना प्रदान गर्नु भयो ।
प्रस्तुतीकै क्रममा ललितपुर महानगरपालीकाका मेयर चिरिबाबु महर्जनले नेपालको भोकेस्नल एजुकेसनमा पुराएको योगदानको उच्च कदर गर्दै , यसले आर्थीक उन्नतीमा समेत टेवा पुराएको भन्दै सधन्यवाद निरन्तरताको सुभकामना दिनु भएको थियो ।
कार्यक्रममा स्कर्टटीस क्वालिफिकेसन अथोरेटीकी इन्टरनेसनल रिजनल म्यानेजर साउथ एसिया, मार्गरेट क्युरेनले स्कर्टीस क्वालिफिकेन अथोरीटीले जिवन उपयोगी शिक्षा र सिप प्रदान गरिरहेकोमा साउथ एसीयाले यसको अध्याधीक उपयाग गरिरहेको अनुभव साटनु भयो ।
उत्कृष्ट शैक्षिक संस्थाहरु र एलसिसिआइ ग्लोबल क्यालीफिकेसनले र स्कर्टीस क्वालिफिकेसन अथोरेटी संग सम्बन्धीत उत्कृष्ट शैक्षिक संस्थाहरुलाई कार्यक्रममा अवार्ड सहित सम्मान गरिएको थियो
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे