
काठमाडौँ, २८ फागुन – सरकारले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै ती कम्पनीलाई सन्तोषजनक काम नगरेको कारण कालोसूचीमा राखेको जनाएको छ। कार्यालयले आज सार्वजनिक सूचना जारी गरी आजकै मितिदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी दिएको हो ।
जसमा तारालक्ष्मी निर्माण सेवा, ममता मञ्जु कन्स्ट्रक्सन, सनम निर्माण सेवा, निर्जरा निर्माण सेवा, इन्द्रेणी बिल्डर्स, जीएस निर्माण संसार, कमन कन्स्ट्रक्सन, राजेन्द्र निर्माण सेवा, रफिना एण्ड कन्स्ट्रक्सन र राम निर्माण कन्स्ट्रक्सन समावेश छन्। ती कम्पनीलाई विभिन्न निकायका सिफारिसमा कालोसूचीमा राखिएको हो र अब उनीहरूले सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे