
काठमाडौं, जेठ १८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर बालेनले जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरे आज उनीहरुले नै फुटपाथ बढाउन खोज्दा विरोध गरेको बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सडकमा तीन फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर गाडी गुड्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी गुड्नै साँघुरो हुने कसरी हुन्छरु’ ।
उनले लेखेका छन्, ‘ बदला लिने हो भने कापीमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउनेको साथमा लिउँ, फुटपाथ बढ्यो भने अब जान्छ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्यूरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।
महानगरले चक्रपथ विस्तारको काम ढिलासुस्ती भएको भन्दै गत जेठ १२ गते सडक डिभिजन कार्यालय र सडक विभागको गेटमा एक ट्रक धुलो फालेको थियो। काठमाडौं महानगरले न्यूरोड क्षेत्रका सडक बिनाअनुमति काटेको भन्दै सडक विभागले महानगरलाई पत्र नै पठाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे