
काठमाडौँ , १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०२५ को चिनियाँ नयाँ वर्षको अवसरमा राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनतालाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज आफ्नो सामाजिक सञ्जाल एक्समार्फत चिनियाँ राष्ट्रपतिप्रति शुभकामना पठाएका हुन् ।
प्रधानमन्त्रीले सर्प वर्षलाई बौद्धिकता, सबलता र पुनरारम्भको प्रतीक मान्दै यस वर्षले नेपाल र चीनबीचको सुदृढ मित्रता अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। साथै, उनले नयाँ वर्षले साझा प्रगति, समृद्धि, सद्भाव र सहयोगको मार्गमा प्रेरित गर्ने उल्लेख गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे