
खोटाङ । खोटाङमा बुधबार हेलिकोप्टर दुर्घटना भएको छ।
जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको हो।
केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईका अनुसार हेलिकोप्टर काठमाडौंबाट एक जनाको शव बोकेर उक्त स्थानमा पुगेको थियो। हेलिकोप्टर अवतरण गरिसकेपछि बारीको डिलबाट उठाएर बारीको बीच भागतर्फ सार्ने क्रममा दुर्घटना भएको उनले जानकारी दिए।
खोटाङ प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन।
घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे