
काठमाडौँ ,६ कात्तिक । यही कात्तिक १० गते नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै यहि शनिबार खबरदारी सभा गर्ने निर्णय गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन दिएका छन् । माओवादी केन्द्रले विपद् व्यवस्थापनमा सरकारले देखाएको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण, पुनर्निर्माण र पुनर्स्थापनामा रहेका समस्याहरु समाधान गर्न खबरदारी सभा गर्ने जनाएको छ।
यसका साथै, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेको षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिहरूलाई पनि निष्क्रिय पार्नको लागि सो सभा आयोजना गर्न लागेको बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे