
काठमाडौँ, वैशाख १ । हुम्लाको चङ्खेली गाउँपालिका–२ को लोती सडक खण्डमा एक्स्काभेटर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। आइतबार बेलुका लोतीबाट मिमी जाँदै गरेको एक्स्काभेटर एक सय मिटर तल खसेको हो। दुर्घटनामा परी चङ्खेली–२ का ३१ वर्षीय अर्जुन कामी र ४५ वर्षीय परवल कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिएका छन् ।
पहिले बिग्रिएर सडकमा राखिएको एक्स्काभेटर अर्जुन कामीले चलाउने क्रममा अनियन्त्रित भई पल्टिएको हो। दुवै गम्भीर घाइतेलाई श्रीमष्ट स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको भए पनि त्यहीँ उपचारका क्रममा मृत्यु भएको हो। दुबै जनाको शव अहिले पिप्लाङको प्रसूति गृहमा राखिएको छ भने पोस्टमार्टमका लागि जिल्ला अस्पताल वा कोल्टी लैजाने तयारी भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे