• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ५, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध

९ घण्टा अघि
२

कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए

१0 घण्टा अघि
३

नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित

१३ घण्टा अघि
४

बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ

१ दिन अघि
५

उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण

१ दिन अघि
६

बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

१ दिन अघि
७

नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

१ दिन अघि
८

खोटाङमा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति भएन

१ दिन अघि
९

चुनौतीबीच लगानी विविधीकरणतर्फ नागरिक लगानी कोष अग्रसर

१ दिन अघि
१०

लारिजानीको मृत्युपछि इरानको मिसाइल प्रहार, क्षेत्रीय तनाव चर्कियो

१ दिन अघि
११

मल खरिदमा अर्बौँ खर्च, लेखाङ्कनमा गम्भीर गडबडी

१ दिन अघि
१२

अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
प्रकाशित मिति: २०८० जेष्ठ ४, बिहिबार (२ साल अघि)

आफ्नै किर्तिमानी तोड्दै कामीरिता २७औं पटक सगरमाथा चुचुरोमा

  • 1,905 Views
  • काठमाडौँ, ४ जेठ ।  विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा २७औं पटक सगरमाथाको शिखरमा पुग्न सफल भएका छन् । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाईंले दिएको जानकारीअनुसार आरोही शेर्पा आफ्नो यसअघिको कीतिमानी तोड्दै बुधबार बिहान साढे ८ बजे २७ औंपटक सगरमाथाको शिखरमा पुगेका हुन् ।

    ‘एक जना विदेशी आरोहीलाई लिएर शेर्पा बिहान सगरमाथा शिखरमा पुगेको सो ट्रेक्सले जनाएको छ । यसअघि २६ पटक औं पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका हुन् ।

    ८८४९ मिटर उचाइको विश्व सर्वोच्च शिखर सगरमाथा शिखरमा लगातार २७ औंपटक पुगेर आरोहणको यस्तो नयाँ कीर्तिमान बनाउनु संसारभरका आरोहीका लागि गौरवको विषय भएको छ ।

    ५३ वर्षीय कीर्तिमानी आरोही शेर्पाले सगरमाथाको पहिलो आरोहण सन् १९९४ मा गरेका थिए । यसपछि उनले प्रायः वर्षहरूमा सगरमाथासँगै विभिन्न हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै आएका थिए ।

    यसअघि सन् २०२२ मा कामीरिताले सगरमाथा शिखरमा २६ औं पटक सफल आरोहण गरेका थिए । सोलुखुम्बुको थामेमा जन्मेका कामीरिताले सगरमाथासँगै केटु, ल्होत्से, मनास्लु, चोयुलगायत विभिन्न हिमाल आरोहण गरिसकेका छन् ।

    कामीरिताभन्दा अघि २१औं पटक सगरमाथा चढेका कीर्तिमानी आरोही भनेर चिनिएका आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१औं पटकसम्म मात्र सगरमाथा आरोहण गरेका थिए । हाल उनीहरू दुवैले पर्वतारोहणबाट सन्यास लिइसकेका छन् । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका कामीरिता शेर्पाले १३ मे १९९४ मा पहिलोपटक सगरमाथाको शिखर चुमेका थिए ।

    विगतका वर्षहरूको तुलनामा यसवर्ष सबैभन्दा धेरै आरोहीले सगरमाथा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार यस वर्षको सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी गरी कुल ४४ वटा आरोहण दलका ४ सय ६७ जनाले आरोहण अनुमति लिएका थिए ।

    यस वर्षको आरोहण गत शनिबारदेखि सुरु भएको हो । शनिबार आरोहणका लागि बाटो बनाउन जाने दक्ष कामदार (आइसफल डाक्टर)ले शिखरसम्म पुग्ने डोरी टाँगेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको थियो ।

    यसपालि कामीरिताको यो नयाँ विश्व रेकर्डसँगै विभिन्न आरोहण दलबाट गएका आरोहीहरूले विविध कीर्तिमानी बनाउने लक्ष्यका साथ धमाधम सगरमाथा आरोहण गरिरहेका छन् । यो मौसममा पाकिस्तानकी नैला कियानी सगरमाथाको चुचुरोमा पुग्ने पहिलो अन्तर्राष्ट्रिय आरोही बनेकी छन् । उनले गत आइतबार नै सगरमाथाको शिखर चुमेकी थिइन् ।

    यसवर्ष सगरमाथा आरोहणको ७०औं वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम हुँदै छ ।

    विभिन्न नयाँ कीर्तिमानी बनाउने प्रतिस्पर्धाबीच यसपालि १६ वर्षीया चिनियाँ युवती सुई चो युआनले पनि सबैभन्दा कान्छी आरोहीका रूपमा सगरमाथाको सफल आरोहण गरेकी छन् । चिनियाँ युवती सुई चो युआनले सोमबार बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको दक्षिणी मोहडाबाट शिखर चुम्न सफल भएकी हुन् ।

    नेपाल बिग माउन्टेन ट्राभलले बुधबार पत्रकार सम्मेलन गरी चनियाँ युवती सुई चो युआनले सगरमाथाको सफल आरोहण गरेको ’bout जानकारी दिएको हो ।

    नेपाल बिग माउन्टेन ट्राभलले चिनियाँ युवतीको सगरमाथा आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सदर्शन नेपालले जानकारी दिए । उनी महिलामा हालसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही भएको नेपालको दाबी छ ।

    चिनियाँ युवती सुई चो युआनले आफ्ना बुबा सुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गरेको सुनाउँदै त्यहींबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताइन् । सुई चो युआनले आरोहणका क्रममा सुरुमा मौसम खराबीले केही चुनौतीको सामना गर्नुपरे पनि आरोहणको दिन भने मौसमले साथ दिएको बताइन् । उनले आरोहणका क्रममा सहयोगी शेर्पाहरूले सहयोग गरेकामा धन्यवादसमेत दिइन् ।

    सोनाम पहिलोपटक पुगे सगरमाथा शिखरमा
    सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्वर्गीय पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोण गरेका छन् ।

    आफ्नो श्रीमती पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको ३० वर्षपछि सोनाम पहिलोपटक सगरमाथाको शिखरमा पुगेका हुन् । पासाङ ल्हामु शेर्पाको सगरमाथाको शिखरमा पुगेर फर्किने क्रममा निधन भएको थियो ।

    बुधबार बिहान ७ बजेर ३४ मिनेटमा शेर्पा सगरमाथाको शिखरमा पुगेको उनको परिवारले जानकारी दिएको छ । सोनाम शेर्पासँगै आरोहण टोलीमा जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनी पनि रहेका छन् ।

    मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरूले मंगलबार साँझ ८ बजे त्यहाँबाट शिखरतर्फ प्रस्थान गरेका थिए । सगरमाथाको सफल आरोहणसँगै लाक्पा सोनाम शेर्पाले विश्वका सात महादेशका सबै अग्ला हिमालको सफल आरोहण पूरा गरेका छन् ।

    ६३ वर्षीय शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–१ पाङ्गोममा जन्मेका हुन् । ५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले हजारौं आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराएका छन् ।

    थमसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्षसमेत रहेका शेर्पा होटल तथा जलविद्युत्लगायतका व्यवसायमा संलग्न छन् । उनले यसअघि अन्टार्कटिकाको माउन्ट भिन्सन, ओसिनियाको माउन्ट पुनकक–माउन्ट कार्सटेन्ज, युरोपको माउन्ट एल्ब्रस, अफ्रिकाको माउन्ट किलिमन्जारो, उत्तर अमेरिकाको डेनाली र दक्षिण अमेरिकाको एकोनवागुआ हिमालको सफल आरोहण गरिसकेका छन् ।

    यसैगरी, उनले युरोपको सर्वोच्च शिखर माउन्ट ब्लांक, नेपालमा अन्नपूर्ण प्रथम हिमाल, धौलागिरी हिमाल र थमसेर्कु हिमालको आरोहण पनि गरेका छन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध
    ९ घण्टा अघि

  • २

    कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए
    १0 घण्टा अघि

  • ३

    नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित
    १३ घण्टा अघि

  • ४

    बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ
    १ दिन अघि

  • ५

    उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण
    १ दिन अघि

  • ६

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस
    १ दिन अघि

  • ७

    नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड
    १ दिन अघि

  • ८

    खोटाङमा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति भएन
    १ दिन अघि

  • ९

    चुनौतीबीच लगानी विविधीकरणतर्फ नागरिक लगानी कोष अग्रसर
    १ दिन अघि

  • १०

    लारिजानीको मृत्युपछि इरानको मिसाइल प्रहार, क्षेत्रीय तनाव चर्कियो
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

    नेपाल नक्सा
    २

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

    नेपाल नक्सा
    ३

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

    नेपाल नक्सा
    ४

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

    नेपाल नक्सा
    ५

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

    नेपाल नक्सा
    ६

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution