
काठमडौँ , २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतक ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न आइतबार भएको भीडमा भारतका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको आरोप लगाएका छन्। शाहीका अनुसार, यो फोटो प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखिएको हो। उनले आज सामाजिक सञ्जालमा लेख्दै भनेका छन् कि, “हिजो राजाको स्वागतका लागि योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री ओलीज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको निर्देशनमा राखिएको पाइएको छ।”
शाहीले आरोप लगाउँदै प्रश्न पनि गरेका छन्, “विदेशीको एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले यस्तो ठुलो कुरा गर्दा अचम्म लागेको छ। मार्क्स, लेनिन, माओ कुन देशका हुन् र?” उनका अनुसार, यो कदमले सरकारको विदेशी प्रभावका बारेमा प्रश्न उठाएको छ।
पूर्वराजा ज्ञानेन्द्रको स्वागतका क्रममा योगी आदित्यनाथको फोटो प्रयोग भएपछि यसले चौतर्फी चर्चासँगै आलोचना खेपेको छ। यो घटनाले राजनीतिक वृत्तमा नयाँ बहसको जन्म दिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे