काठमाडौं । तीनकुनेमा जारी राजावादी प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका छन्, जसको कारण केही सुरक्षाकर्मी र प्रदर्शनकारीहरू घाइते भएका छन्।
प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको र केही हवाई फायर पनि गरेको छ। यसैबीच, प्रहरीद्वारा हानिएका अश्रुग्यासका सेलहरू म्याद गुज्रेको पाइएका छन्। ती अश्रुग्यासका सेलहरू सन् २००८ मा म्याद गुज्रिएका रहेको पाइएको छ।
झडपको कारण स्थिति अझै तनावपूर्ण रहेको र सुरक्षाकर्मीहरूले घटनास्थलमा थप सुरक्षा व्यवस्था कडा गरेका छन्।








