
काठमाडौँ,असार ७ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीका संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुने भएको हो ।
सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए । उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे