
>काठमाडौं — सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या प्रकरणमा दुई जनालाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृतककी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन)लाई हत्यामा संलग्न भएको आशङ्कामा नियन्त्रणमा लिइएको हो।
>प्रहरीका अनुसार आइतबार दिउँसो करिब साढे ४ बजे घरको भान्सा कोठामा सुशीलामाथि पेट्रोल छर्केर आगो लगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थलबाट पेट्रोलका बोतल, लाइटर र राँको फेला परेका छन्।
घटनामा ससुरा दुर्गामान बम्जन घाइते भई उपचाररत छन्। मृतकका आफन्त र स्थानीयले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे