• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ३, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

१0 घण्टा अघि
२

विराटनगरमा बैंक शाखाबाट निक्षेपकर्ताको करोडौँ रकम हिनामिना

१२ घण्टा अघि
३

नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

१४ घण्टा अघि
४

ज्ञान साझेदारी र सहकार्यका लागि हिमालय क्षेत्रका शिक्षाविद् एकत्रित

१४ घण्टा अघि
५

वैदेशिक रोजगारी विभागको अनलाइन प्रणाली वा अनलाइन झमेलो?

१९ घण्टा अघि
६

बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य

१ दिन अघि
७

राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

१ दिन अघि
८

निक्षेपकर्ताको हितविपरीत काम गरेको आरोपमा फरार श्रेष्ठ पक्राउ

१ दिन अघि
९

बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

१ दिन अघि
१०

युवालाई वित्तीय साक्षरताको पाठ, बैंक नेतृत्वको सहभागितासहित अभियान सुरु

१ दिन अघि
११

भारतबाट महँगो आयो तेल, नेपालमा आंशिक मात्र वृद्धि

१ दिन अघि
१२

मौसम पूर्वसूचना प्रणाली र विभागको निगरानी

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
प्रकाशित मिति: २०७९ आश्विन २९, शनिबार (३ साल अघि)

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो

ABC Camp

  • 2,174 Views
  • काठमाडौं, असोज २९। दशैं सकिएर तिहार, छठलगायत पर्व नजिकिँदै छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौं उपत्यका वरिपरी देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । करिब दुई साताको लगातार वर्षा रोकिएर क्रमशः मौसम खुलेपछि उपत्यकाका डाडाँ र उत्तरी क्षेत्रमा देखिने हिमश्रृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ ।

    मौसमखुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल सङ्घ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “यो मौसममा आन्तरिक पर्यटन एकदमै राम्रो छ, चाडपर्वसँगै बीदा मनाउने उल्लेख्य सङ्ख्यामा गन्तव्यमा निस्किएका छन् । अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।”

    पछिल्ला दिनमा काठमाडौंलगायत देशभर मौसम सफा रही आकाश खुलेको छ । पारिलो घाम लागेकाले उपत्यका आसपासका गन्तव्यमा पनि पर्यटकको भीडभाड बढेको छ । प्रि–बुकिङ पनि राम्रो रहेको छ । होटल क्षेत्रमा आन्तरिक र विदेशी पर्यटक बाक्लिएका छन् ।

    तीन दिनयता उपत्यकाको मौसम खुलेकाले धुलिखेल, नगरकोट, चन्द्रागिरी हिल्स, जरसिंहपौवा, सुन्दरीजल, शिवपुरी, चोभारलगायत गन्तव्यमा पर्यटकीय चहलपहल बढेको व्यवसायीले बताएका छन् ।

    उपत्यकाका पवित्र तीर्थस्थल, धार्मिक तथा पुरातात्विक क्षेत्रमा घुम्नेको पनि भीडभाड देखिन्छ । पशुपति क्षेत्र, स्वयम्भु, चाँगुनारायण, दक्षिणकालीलगायत धार्मिक स्थालमा तिर्थालु भक्तजनको घुइँचो लागेको छ । त्यस्तै प्रमुख पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढेका छन् ।

    त्यसोत, यो सिजन पदयात्रा र पर्वतारोहणका लागि पनि उपयुक्त मौसम हो । यतिखेर उल्लेख्य सङ्ख्यामा पर्यटक गन्तव्यतिर निस्केका छन् । मौसमले साथ दिएकाले पर्वतारोहण र पदयात्रा सहज भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइटेलले मौसमले साथ दिएकाले आरोहण सामान्यरुपमा चलिरहेको जानकारी दिनुभयो । मनास्लु आरोहण लगभग सकिएको छ । अन्य हिमाल तथा चुली आरोहणमा अझै आरोहीले धमाधम अनुमति लिइरहेका छन् ।

    विभागको विवरणमा हाल नेपालसहित ६९ देशका एक सय १० आरोही समूहका नौ सय ३१ आरोहीले आरोहण अनुमति लिएका छन् । यिमध्ये सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् ।

    सफा मौसम भएकाले नीलो आकाश र हरिया डाडाँकाडाँले जोकोहीलाई आकषित गर्छ । त्यसमा पनि चाँदीका घेरा झै टल्किने हिमश्रृङ्खलाको मनमोहक दृश्यले पर्यटकीय मौसममा थप रौनकता थपिएको छ ।

    अहिले उपत्यकाका जुनसुकै स्थानबाट सहजै उत्तरी भेगमा विभिन्न हिमालका मनोरम दृश्यावलोकन गर्न पाइन्छ । तिहारको मौसम पनि शुरु हुन लागेकाले हरिया पहाड उपत्यकाका विभिन्न स्थानमा फुलेका फुलको मनमोहक दृश्य पनि कम आकर्षक छैन ।

    मौसमले साथ दिएकाले अहिले पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले बताउनुभयो । “पर्यटकीय चहलपहल राम्रै बढेको छ, बीचमा मौसमले केही समस्या आएपनि पछिल्ला दिनमा मौसम सफा रहेसँगै पर्यटकलाई आवागमन र दृश्वावलोकनलाई सहज तुल्याएको छ । यो मौसमले पर्यटन क्षेत्रमा पनि सकारात्मक बहार ल्याउछ”, मकालु एडभेन्चर प्रालिका प्रवन्ध निर्देशकसमेत रहनुभएका लम्सालले भन्नुभयो ।

    मौसम खुलेसँगै हवाई उडान विशेषगरी पर्वतीय उडान ९माउन्टेन फ्लाइट०मा पनि आकर्षण बढेको छ । पर्वतीय उडानका लागि यो उपयुक्त मौसम पनि हो । मौसम खुलेर हिमालमा बादलुको घुम्टो उघ्रिएपछि मनोरम दृश्यले पर्यटकलाई लालयित तुल्याउछ । अक्टोबर र नोभेम्बर पर्वतीय उडानका लागि राम्रो मानिन्छ । “ मौसम राम्रोसँग खुलेकाले दुईदिन यता पर्वतीय उडान ह्वात्तै बढेको छ”, यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भन्नभुयो, “ अव यो क्रम बढ्ने विश्वासमा छौ, तिहारसम्मका लागि राम्रो बुकिङ आइरहेको छ”, उहाँले भन्नुभयो ।

    मौसमले साथ दिएकाले पर्वतीय उडान उत्साहवद्र्धकरुपमा चलिरहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । “मौसम खुलेसँगै पर्वतीय उडान राम्रो भएको छ । यो सिजनमा धेरै विदेशी घुम्न आउने र हिमश्रृङ्खला राम्रोसँग देखिने भएकाले पर्वतीय उडानमा आकर्षण बढ्छ ।”

    विस्तारै नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अबका दिनमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव
    १0 घण्टा अघि

  • २

    विराटनगरमा बैंक शाखाबाट निक्षेपकर्ताको करोडौँ रकम हिनामिना
    १२ घण्टा अघि

  • ३

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण
    १४ घण्टा अघि

  • ४

    ज्ञान साझेदारी र सहकार्यका लागि हिमालय क्षेत्रका शिक्षाविद् एकत्रित
    १४ घण्टा अघि

  • ५

    वैदेशिक रोजगारी विभागको अनलाइन प्रणाली वा अनलाइन झमेलो?
    १९ घण्टा अघि

  • ६

    बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य
    १ दिन अघि

  • ७

    राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै
    १ दिन अघि

  • ८

    निक्षेपकर्ताको हितविपरीत काम गरेको आरोपमा फरार श्रेष्ठ पक्राउ
    १ दिन अघि

  • ९

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!
    १ दिन अघि

  • १०

    युवालाई वित्तीय साक्षरताको पाठ, बैंक नेतृत्वको सहभागितासहित अभियान सुरु
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

    नेपाल नक्सा
    २

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

    नेपाल नक्सा
    ३

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

    नेपाल नक्सा
    ४

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

    नेपाल नक्सा
    ५

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

    नेपाल नक्सा
    ६

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution