
काठमाडौँ , २७ माघ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा उनले यस्तो बताएका हुन् । उनले अहिले सरकारमा जाने अवस्थामा आफूहरू नरहेको र कुनै मन्त्रालय नचाहिएको बताएका छन् ।
उनले भने , ‘यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको पनि कुरा गर्ने त ? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं । हामीलाई मन्त्रालय चाहिएन ।’ उनले देश र जनताको हितमा आफूहरुको निर्णय गर्ने बताए । उनले भने , ‘हामीले कहाँ अड्काएका छौँ त ? सरकारले कार्यसूचीबाट आफैं फिर्ता लिन्छ । हामीले अड्कायो कसरी भयो । हामी धारणा बनाउँदैछौँ र हाम्रो सोच सकारात्मक छ । क्रिएटिभ रूपले हामी सोच्दैछौँ । देश र जनताको हितमा हामी अगाडि बढ्छौँ । ’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे