
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन आउन अब चार दिन मात्र बाँकी छ। निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम फागुन ३ गतेबाट सुरु गरेको थियो र आज सकिँदैछ। देशभर २५ करोड लगानी गरेर मतदातालाई शिक्षित गरी बदर मत घटाउने उद्देश्य राखिएको थियो।
भोलि राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुनेछ। त्यसपछि दलहरूले जुलुस, आमसभा वा प्रचार कार्यक्रम गर्न पाउने छैनन्।
निर्वाचन आयोगले भोलि मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन चलाउन पास आवश्यक नपर्ने स्पष्ट पारेको छ। यसमा दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानी, दूध, तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनहरू पर्छन्। आयोगले सवारी सञ्चालन व्यवस्थापन प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री हुने व्यवस्था मिलाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे