
काठमाडौँ, टोखा नगरपालिका–०६ स्थित ग्राण्डी अस्पताल नजिकको विष्णुमती खोलामा एक गाडी अनियन्त्रित भई खसेको छ। खोलामा खसेको उक्त गाडीमा रहेका एक व्यक्तिलाई प्रहरी र स्थानीयवासीहरूको सक्रियतामा सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
गाडी खसेपछि तत्कालै आसपासका स्थानीयवासीहरूले उद्धारका लागि पहल गरेका थिए। यस्तै, खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले उद्धार कार्यमा स्थानीयहरूसँग समन्वय गर्दै ती व्यक्तिलाई सुरक्षित रूपमा बाहिर निकालेको हो।
घटनाको थप विवरण संकलन भइरहेको र गाडी खोलामा खस्नुको कारणबारे अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे