
काठमाडौं, जेठ ११ – मूल्य अभिवृद्धि कर (भ्याट) विवरण निरन्तर रूपमा नबुझाएका हजारौं करदाताको भ्याट दर्ता आन्तरिक राजस्व विभागले एकैपटक निलम्बन गरेको छ।
विभागले यसअघि ११ वैशाखमा सार्वजनिक सूचना जारी गर्दै, लगातार ६ महिनासम्म भ्याट विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको थियो। त्यससँगै १५ दिने अन्तिम चेतावनी (अल्टिमेटम) दिँदै सम्बन्धित कर कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी कारोबार नियमित गर्न अनुरोध गरिएको थियो।
तर तोकिएको समयावधिमा अधिकांश करदाताले विवरण नबुझाएपछि विभागले ९ जेठको निर्णयअनुसार ती करदाताहरूको भ्याट दर्ता निलम्बन गरेको जनाएको छ। निलम्बनमा परेका करदाताको नाम विभागले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ।
विभागले सरोकारवालाहरुलाई ती करदातासँग कुनै पनि खरिद–बिक्री नगर्न चेतावनी दिएको छ। साथै, यस्ता करदाताले यदि पुनः दर्ता गर्न चाहेमा सम्पूर्ण कर विवरण बुझाएपछि स्वतः ‘सस्पेन्डेड लिस्ट’ बाट हट्ने व्यवस्था गरिएको पनि स्पष्ट पारेको छ।
निलम्बन अवधिभर ती करदाताले कुनै पनि निकासी वा पैठारीसम्बन्धी कारोबार गर्न नपाउने प्रावधान रहेको विभागले जनाएको छ।
तपाईंको दर्ता निलम्बन त भएन ? सूची हेर्नुहोस्:
👉 यहाँ क्लिक गर्नुहोस्
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे