
काठमाडौं । काठमाडौंस्थित संयुक्त राज्य अमेरिका दूतावासले भ्रमण प्रवेशाज्ञा अन्तर्वार्ताका क्रममा आवेदनकर्ताले प्रवेशाज्ञासम्बन्धी नियम र सर्तहरूको पालना नगर्ने आशंका देखिएमा आवेदन अस्वीकृत हुन सक्ने स्पष्ट पारेको छ। दूतावासका अनुसार कन्सुलर अधिकृतले आवेदकको उद्देश्य, नियत र नियम पालनाको विश्वासयोग्य आधार नदेखेमा प्रवेशाज्ञा नदिने निर्णय लिन सक्नेछन्।
दूतावासले प्रवेशाज्ञा पाएका व्यक्तिले तोकिएको प्रयोजनअनुसार मात्र त्यसको प्रयोग गर्नु पूर्ण रूपमा आवेदककै जिम्मेवारी हुने जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे