
काठमाडौं । अमेरिका र इजरायलले मिलेर दक्षिणी इरानमा गरेको हवाई आक्रमणमा एक विद्यालयमा मिसाइल खस्दा कम्तीमा १०८ जनाको ज्यान गएको इरानी स्थानीय अधिकारीहरूले बताएका छन्। इरानभर शनिबार भएका आक्रमणहरूमा जम्मा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको भनिएको छ।
इरानका राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई “अत्यन्त अमानवीय काम” भन्दै कडा आलोचना गरेका छन्। तर संयुक्त राज्य अमेरिका र इजरायल ले विद्यालयलाई नै निशाना बनाएको भन्ने कुरा स्वीकार गरेका छैनन्।
उक्त विद्यालय इस्लामिक रिभोल्युशनरी गार्ड कोर ९आईआरजीसी० को क्याम्प नजिकै रहेको बताइएको छ, जुन आक्रमणको मुख्य लक्ष्य थियो। होर्मोजगान प्रान्तको मिनाब सहरस्थित विद्यालयमा तीनवटा मिसाइल खसेको अधिकारीहरूले जनाएका छन्।
घटनापछि रेडक्रस र रेड क्रिसेन्ट ले उद्धार टोली पठाएको छ। बिबिसी ले विस्फोटपछिका केही दृश्यहरू प्रमाणित गरेको भए पनि मृतक संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको जनाएको छ।
घटनापछि इरानभित्र र बाहिर सामाजिक सञ्जालमा आक्रोश देखिएको छ। केहीले आक्रमणको विरोध गरेका छन् भने केहीले सरकारले नागरिक सुरक्षा नगरेको भन्दै इरानी शासनलाई नै दोष दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे