
काठमाडौं — युनाइटेड स्टेट्स इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार एडमिरल पापारोको नेतृत्वमा रहेको टोली विशेष विमानमार्फत भोलि बिहीबार काठमाडौं आइपुग्ने जनाइएको छ।
जंगी अड्डाका अनुसार २ फागुनसम्म चल्ने यस नियमित भ्रमणका क्रममा एडमिरल पापारोले उच्चस्तरीय औपचारिक भेटघाट गर्नुका साथै काभ्रेपलाञ्चोकको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
नेपाली सेनाले यस प्रकारका भ्रमणले नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहकार्य विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे